नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा लुम्बिनी प्रदेशका १०९ मध्ये ९८ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । तीमध्ये ९६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रदेशका अन्य ११ पालिकामा भने निर्वाचन लागि प्रकृया सुरु भए पनि नेतृत्व चयन लागि सकस देखिएको छ । ती पालिकामा अझै केही समय लाग्ने एमालेका प्रदेशस्तरका नेताहरु बताउँछन् ।नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीका अनुसार अधिवेशन सम्पन्न भएका ९८ पालिकामध्ये दुई वटामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएक