एमालेले विष्णु पौडेलसहित चार जनालाई सरकारमा पठाउने,पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

काठमाडौँ–नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने भएका छन्। नेकपा एमालेले पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई पार्टीबाट आजै सरकारमा सहभागी गराउने तयारी गरेको छ। नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ। यस्तै सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी […]

सम्बन्धित सामग्री

सरकारका न्यूनतम साझा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका ९ बुँदा [पूर्णपाठ]

सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो।

न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने

काठमाडौँ – सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ। एमाले नेता तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे बस्दैछ। अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न नसकेपछि आज बैठक बस्न लागेको हो। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान […]

सरकारको प्रवक्तामा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । यो भन्दा अगाडि सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की रहेका थिए

प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरसँग गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका छन्।...

प्रधानमन्त्री प्रचण्डद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राख्नुभएको उहाँको निजी सविचालयले जनाएको …

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल, ब्याजदर घटाउन सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल...

प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री पाैडेल र गभर्नर अधिकारीसँग छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल भएकाे हाे। प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए। […]

सरकारको प्रवक्तामा विष्णु पौडेल

काठमाडौं, पुस १२ । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ।

सरकारको प्रवक्तामा विष्णु पौडेल

काठमाडौं : सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्।सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो।उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ।

सरकारमा अब प्रधानमन्त्री ओलीसहित चार मन्त्री मात्र

काठमाडौं। सरकारमा अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ४ जना मन्त्री मात्र कायम रहने भएका छन्। जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ मात्रै बहाल रहेनछन्।