घट्यो अन्तरबैंक ब्याजदर, ऋणमा के गर्छन् बैंकहरु ?

काठमाडौं । बैंकहरुले एक-अर्काबीच गर्ने कारोबारको ब्याज एक प्रतिशत विन्दुले घटेको छ । राष्ट्र बैंकका अनुसार अहिले अन्तरबैंक ब्याजदर ७.८९ प्रतिशत छ । त्यस्तै कर्जा निक्षेप अनुपात सीडी रेसियो ८५.८७ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सीडी रेसियो ९० प्रतिशतभन्दा माथि जान पाइँदैन । पछिल्लो समय बैंकमा निक्षेप पनि केही बढेको छ । […]

सम्बन्धित सामग्री

अल्पकालीन ब्याजदर सामान्य घट्यो

काठमाडौं। बैंक, वित्तीय संस्थाको अल्पकालीन ब्याजदरमा सामान्य गिरावट आएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा बढ्न नसकेपछि टे्रजरी बिल्स र अन्तरबैंक दर घटेको हो ।  सोमवार २० अर्ब ४ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिल्स नवीकरणमा ब्याजदर घटेको छ । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनको ७ अर्ब रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको छ । सोमध्ये सबै ट्रेजरीको डिस्काउन्ट रेट गत साताको तुलनामा घटेको छ । उक्त बोलकबोलबाट २८ दिनकोमा ६ दशमलव १२३१, ९१ दिनकोमा ६ दशमलव १६३५, १८२ दिनकोमा ६ दशमलव ४०९४ र ३६४ दिनकोमा ६ दशमलव ४३३१ प्रतिशत औसत ब्याजदर कायम भएको छ । यसअघि भदौ १२ गते जारी भएको २८ दिन अवधिको ट्रेजरीमा ६ दशमलव २०८४ प्रतिशत ब्याजदर कायम भएको थियो । यस्तै भदौ ५ गते निष्कासन भएको ३६४ दिन अवधिको टे्रजरीमा ६ दशमलव ४३९३ प्रतिशत ब्याजदर कायम भएको थियो । साउन ३० गते जारी भएको १२८ दिन अवधिको टे्रजरीको औसत ब्याजदर पनि ६ दशमलव ४८७६ प्रतिशत नै कायम भएको थियो । यसैगरी बैंकहरूबीचको कारोबारमा लाग्ने अन्तरबैंक ब्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार आइतवार अन्तरबैंक ब्याजदर ६ दशमलव ३१ प्रतिशत कायम भएको छ । अघिल्लो दिन अन्तरबैंक ब्याजदर ६ दशमलव ३५ प्रतिशत थियो । टे्रजरी बिल्स र अन्तरबैंक ब्याजदरलाई बजारको अल्पकालीन ब्याजदरका रूपमा लिइन्छ । यो ब्याजदर बढ्दा बैंकमा तरलता कम भएको र कम हुँदा तरलताको अवस्था सहज भएको बुझिन्छ । यो साताको पहिलो दिन आइतवार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । वाणिज्य बैंकहरूको निक्षेप ४ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ६१ अर्ब कायम हुँदा विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप भने ६ खर्ब ७३ अर्बमा स्थिर छ । यसैगरी आइतवार बैंकहरूको कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले वृद्धि भई ४८ खर्ब ८२ अर्ब पुगेको छ । बैंकहरूको कर्जा निक्षेप अनुपात पनि सामान्य घटेर ८३ दशमलव ६२ प्रतिशत कायम भएको छ ।

तरलता सहज भएपछि ट्रेजरी बिल्सको ब्याजदर पनि घट्यो

काठमाडौं । बैंक, वित्तीय संस्थामा तरलता (Liquidity)  सहज भएपछि ट्रेजरी बिल्स (treasury bill) को ब्याजदर पनि घटेको छ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) ले सोमवार विभिन्न अवधिका गरी कुल २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरीका लागि बोलकबोल आह्वान गरेकोमा बैंक (Bank) हरूले अघिल्लो साताको भन्दा ब्याजदर (Interest Rate) घटाएर खरीद गरेका हुन् ।  राष्ट्र बैंक (NRB)ले सोमवार २८ दिनको ५ अर्ब, ९१ दिनको ७ अर्ब ७० करोड, १८२ दिनको ५ अर्ब र ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । त्यसमध्ये २८ दिने ट्रेजरीमा ८ दशमलव ३३ प्रतिशत, ९१ दिनेमा ९ दशमलव ६३, १८२ दिनेमा ९ दशमलव ६५ र ३६४ दिनेमा ९ दशमलव ५५ प्रतिशत औसत ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  अघिल्लो साता २८ दिनको ट्रेजरीमा ८ दशमलव ५४ प्रतिशत, ९१ र १८२ दिनकोमा ९ दशमलव ७९ तथा ३६४ दिनकोमा ९ दशमलव ६४ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । बजारमा तरलताको अवस्था सहज भए पनि कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाएर भए पनि ट्रेजरीमा लगानी गरेका हुन् ।  चालू आर्थिक वर्षका लागि केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति जारी गर्दै नीतिगत दरहरू बढाएपछि बैंकको ब्याजदर महँगो भएको थियो । सोही कारण सरकारले मौद्रिक उपकरणमार्फत उठाउने आन्तरिक ऋणको ब्याज पनि महँगो भएको थियो । पछिल्लो समय तरलताको अवस्था सहज हुनुका साथै ब्याज घटाउने केन्द्रीय बैंकको नीतिका कारण ट्रेजरीलगायत उपकरणको ब्याजदर घट्न थालेको छ ।  व्यवसायीको विरोधसँगै प्रधानमन्त्री र अर्थमन्त्रीको दबाबमा बैंक, वित्तीय संस्थाले वैशाखमा निक्षेप र कर्जाको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले वैशाखदेखि मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा एकल अंक (९ दशमलव ९९ प्रतिशत) कायम गरेका छन्  । ट्रेजरी बिल्स सरकारले १ महीना वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन ट्रेजरी बिल्स विक्री गरिन्छ ।  तरलता अवस्था सहज हुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव २० प्रतिशतमा झरेको छ । यस्तै अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशत छ । तरलता सहज भएपछि बैंकहरूले राष्ट्र बैंकबाट लिने ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटेको छ ।  गत आर्थिक वर्षसम्म सरकारको आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । यस्तै चालू आवमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । त्यसमध्ये दोस्रो त्रैमासमा ३० अर्ब र तेस्रो त्रैमासमा ८८ अर्ब ऋण उठाएको छ ।  चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब ७९ करोड ऋण उठाउन बाँकी छ । यसमध्ये ट्रेजरी बिल्सबाट ७५ अर्ब, विकास ऋणपत्र (debenture)बाट ६० अर्ब, विकास ऋणपत्रबाट २ अर्ब ८२ करोड र वैदेशिक रोजगारबाट ९७ करोड उठाउने सरकार (Government)को लक्ष्य छ ।

एकै दिन ११ अर्ब निक्षेप घट्यो

काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ गते बुधवार घटेर ५४ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । चैत १ गतेयताको निक्षेप घटबढको विवरण राष्ट्र बैंकले आइतवार रातिसम्म सार्वजनिक गरेको छैन । वाणिज्य बैंकहरूबाट १२ अर्ब रुपैयाँ निक्षेप घट्दा विकास बैंक र वित्त कम्पनीहरूमा भने १ अर्ब रुपैयाँ बढेको थियो । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरीदबापतको रकम भुक्तानी गर्दा वाणिज्य बैंकबाट ठूलो रकम बाहिरिएको हो । राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा वाणिज्य बैंकहरूसँग ४७ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ मा ४७ खर्ब ६१ अर्बमा झरेको छ । यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीसँग रहेको निक्षेप ६ खर्ब ४० अर्बबाट बढेर ६ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । बैंक, वित्तीय संस्थाको कर्जा पनि ४८ खर्ब १७ अर्ब रुपैयाँबाट ४८ खर्ब १२ अर्बमा ओर्लेको छ । वाणिज्य बैंकको कर्जा ४२ खर्ब ७५ अर्ब रुपैयाँबाट ४२ खर्ब ७० अर्बमा झरेको छ । विकास बैंक र वित्त कम्पनीको कर्जा प्रवाह भने स्थिर छ । बैंकहरूको चैत १ गतेको कर्जा–निक्षेप (सीडी) अनुपात ८५ दशमलव ६९ प्रतिशत छ । फागुन मसान्तमा यो ८५ दशमलव ६० प्रतिशत थियो । यस्तै अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशतबाट बढेर ७ दशमलव शून्य १ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

फेरि घट्यो तरलता, अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुग्यो

पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा एक्कासी तरलतामा कमी आएको छ । यसअघि रिपोमार्फत बजारमा पठाएको ५० अर्ब रुपैयाँ राष्ट्र बैंकमा फर्केपछि तरलतामा कमी आएको हो । केही दिनयता बढ्दो क्रममा रहेको अन्तरबैंक ब्याजदर सोमबारसम्म साढे ८ प्रतिशत पुगेको छ । गत साता यस्तो ब्याजदर ४ प्रतिशत हाराहारीमा थियो ।

बैंकहरूले लिन छाडे अल्पकालीन सापटी, अन्तरबैंक ब्याजदर पनि घट्यो

काठमाडौ । बैंकहरूले अल्पकालीन सापटी लिन छाडेका छन् । बैंकमा रकम नहुँदा अत्यधिक प्रयोग हुने अल्पकालीन सापटी भनेर चिनिने एसएलएफ अर्थात स्थायी तरलता सुविधा झण्डै एक महिनायता नलिएको पाइएको छ । पछिल्लो समय तरलताको (लगानी योग्य रकम) अभावका कारण बैंकहरूले दैनिकरूपमा राष्ट्र बैंकबाट उच्च दरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिएर तरलता व्यवस्थापन गरिरहेका थिए । […]