‘लामो बाटोभन्दा बाख्रो पाठो ठीक’- कृषक आले (फाेटाे फिचर सहित)

धन कमाउने सम्बन्धमा नेपालीमा एउटा उखान छ– ‘कि लामो बाटो कि त बाख्रोपाठो’ । भिमाद नगरपालिका–९ पार्थदीका युवक शिवकुमार आलेले भने लामो बाटो रोज्नु भएन बाख्रा पालनमा लाग्नु भयो । लामोबाटोमा लाग्ने उहाँका साथीहरु बाख्रा पालनबाट मनग्गे कमाएको देखेर दङ्ग परिरहेका छन् । बाख्रा पालनबाट कृषक आले लखपती मात्रै बन्नु भएको छैन आफ्नो नाम टाढा टाढा सम्म पैmलाउन सफल हुनुभएको छ । आलेले प्रजनन् बोका तथा माउ बेच्दै आउनुभएको छ । आलकोे सृजनशील बाख्रा फर्ममा ४० वटा माउ र अन्य पाठापाठी गरी १२० वटा बाख्रा रहेका छन् । उन्नत जातका बोका, पाठापाठी विक्री गरेर बाट वार्षिक रुपमा १६ लाख भन्दा बढी मुनाफा कमाएको आलेले बताउनुभयो । उच्च शिक्षा अध्ययन गर्ने क्रममा सम्पत्ति कमाउन विदेश गएका उहाँका साथीहरु अहिले पछुताई रहेका छन् । स्वदेशमा नै पसिना बगाउँ भन्दा नमान्ने तिनै साथी आलेको सिको गर्न थालेका छन् । आलेले २०६८ सालमा १० वटा स्थानीय खरी जातका बाख्रा पालेर फर्म सञ्चालन गर्नु भएको थियो । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट तालिम लिएर फर्म सञ्चालन गरेको आले बताउनुहुन्छ । बन्दीपुर गाउँपालिका–१ पिप्लेमा सिभिल ओभर सियर पढ्न पुग्नु भएका आले बन्दीपुर स्थित बाख्रा अनुसन्धान केन्द्रमा बोयर बाख्राको अवलोकन गरेपछि पहाडी क्षेत्रमा बाख्रा पालेर मनग्गे कमाउन सकिन्छ भन्ने सोचेर बाख्रा पालन गर्नु भएको हो । ‘बोयर बाख्रा देखेपछि मेरो बाटो मोडियो कृषिमै भविश्य राम्रो देखेर शुरु गरें’ आलेले भन्नुभयो । पछिल्लो समय नेपालबाट अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरुले त्यहाँबाट शीप सिकेर नेपालको कृषिलाई व्यवसायिक गर्नमा सहयोग पु¥याइरहेका उदाहरण छन् त्यसमध्येमा आले पनि पर्नुहुन्छ । साना किसान बैंकको छात्रवृत्तिमा सिक,कमाउ र ग

सम्बन्धित सामग्री

कृषक दाइँ गर्दै तोरी

सुर्खेत २१ फागुन । सुर्खेतको वीरेन्द्रनगर– ४ मसुरि खेतमा तोरी दाइँ गर्दै कृषक ।

पानी परेपछि म्याग्दीका कृषक खुशी

काठमाडौं । आइतबार दिउँसो परेको वर्षाले म्याग्दीका कृषक खुशी भएका छन् । पाँच महिनापछि परेको पानीले बालीनाली सुकेर चिन्तित भएका कृषक खुशी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि कृषक मकै लगाउने तयारीमा जुटेका छन् । हिउँदे वर्षा र हिउँ नपर्दा हिउँदे बाली, तरकारी र फलफूल खेतबारीमा नै सुक्न लागेको […]

बाँदर आतंकले सोलुका कृषक आजित

सोलुखुम्बु – बाँदर आतंकले सोलुखुम्बुका कृषक आजित बनेका छन्। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन्। आफूहरूले घामपानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेको कृषक नीरकुमार राईको गुनासो छ। उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो बस्नुपर्ने अवस्था आएको […]

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

मेलम्ची, ९ असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वषौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी […]

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सात कृषक सम्मानित

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा काभ्रेका चारसहित सात कृषक सम्मानित भएका छन्। कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेबापत कृषि ज्ञान केन्द्र धुलिखेल काभ्रेले सो सम्मान गरेको हो। काभ्रेबाट २८ कृषकहरूले र...

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट एक सहकारी र दुई कृषक सम्मानित

चितवनका दुई कृषकसहित एक सहकारीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ । कृषि ज्ञान केन्द्र, चितवन मार्फत व्यवसायीक तरकारी खेती गर्ने भरतपुर महानगरपालिका–२५ का शोभाकान्त भूषाल, रत्ननगर नगरपालिका–१२ का...

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

धादिङ, २१ मङ्सिर: राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए […]

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१ औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।तरकारी खेतीमा अब्बल धुनीबेँसी  नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका

छ जनालाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

कृषि पेशामा राम्रो गरेका कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन्। सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।...

याक दुहुँदै कृषक

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ मौवाटार अवस्थित याक गोठमा याक दुहुँदै कृषक ।