नेपाली सेनामा ८ हजार १०२ जनालाई जागिरको अवसर, अमल्दारदेखि सैन्य सेवामा दरखास्त आह्वान :: Pahilopost.com

काठमाडौँः नेपाली सेनाले विभिन्न पदमा ८ हजार १०२ जना कर्मचारी माग गरेको छ। सेनाले देशभरका २९ वटा केन्द्रमार्फत लेखा जमदार कर्मचारी, मेडिकल, सिग्नल, ड्राइभर, वाद्यवाधक, कुचीकार, सूचीकार, धोबी, सयस, सिकर्मी, माली, अमल्दार कर्मचारी, केशकर्तक, सहायक पण्डित लगायतका पदमा कर्मचारी माग गरेको हो। सैन्य सेवाका लागि मात्रै ७ हजार ६३५ जना

सम्बन्धित सामग्री

सेना र विद्युत् प्राधिकरणमा जागिरको अवसर

काठमाण्डाै - नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणले पदपूर्तिका लागि विज्ञापन खुलाएका छन् । नेपाली सेनाले अधिकृत क्याडेड पदमा भर्ना आह्वान गरेको छ । भर्ना छनाेट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले २ सय २९ जनाका लागि विज्ञापन खुलाएको हो । रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर कार्तिक ५ गतेसम्म दरखास्त बुझाउन सकिनेछ । यस्तै नेपाल विद्युत् प्राधिकरणल...

नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

सेनाले माग्यो २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो ।  आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली...

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त

काठमाडौँ – नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासी/जनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य […]

सेनाका विभिन्न निकायमा कर्मचारीमा माग (सूचनासहित)

नेपाली सेनाले विभिन्न निकायका पदमा दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायका रिक्त पदहरुमा सेनाले दरखास्त आह्वान गरेको हो । सोमबार प्रकाशित सूचनाअनुसार सैनिक कल्याणकारी महानिर्देशनालय, चिकित्साशास्त्र महाविद्यालय, कृषि विज्ञान संस्थान, सैनिक आवासीय विद्यालय, सैनिक महाविद्यालय, नेपाली सेना सुपथ मूल्य क्यान्टिनलगायतका निकायमा दरखास्त आह्वान भएको हो । खुला प्रतिस्पर्धाद्वारा करारमा पदपूर्ति गर्न लागिएको हो भने इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्न

महोत्तरीमा दुई हजार बढी म्यादी प्रहरी भर्ना गरिने

महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६-११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।महोत्तरीका लागि मात्र दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिए । छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा