अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दो ट्रेन्डमा देखिएसँगै त्यसको असर नेपालमा पनि परेको छ । दुई सातामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।