समय र ठाउँअनुसार विकासका मोडेल पनि परिवर्तन भएका छन्। आधुनिक विकासका अगुवा पश्चिमा देशहरूमा भौतिक विकासको पद्धति मूलतः प्रविधि विकासले निर्देशित गरेको पाइन्छ। यातायात प्रविधिमा १९औँ शताब्दीको मध्यसम्म समुद्र, नदी र मानव निर्मित जलमार्ग, त्यसपछि २०औँ शताब्दीको पूर्वार्द्धसम्म रेलमार्ग र त्यसपछि सडकको वर्चस्व रह्यो। मानव बसोवास...