भूमि आयोग विघटनमा राजनीतिक प्रतिशोध र पूर्वाग्रह: एमाले

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयप्रति एमालेले आपत्ति जनाएको छ। विघटन राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको आरोप एमालेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीको जमीनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको टिप्पणी गरेका छन्। ३१९ भन्दा बढी पालिकाहरुमा लगत […]

सम्बन्धित सामग्री

भूमिहीनमाथि राजनीति कहिलेसम्म ?

सरकारले राष्ट्रिय भूमि आयोग खारेज गर्‍यो । अदालतले सरकारको उक्त निर्णयमा अंकुश लगायो । त्यसको असर खेतीमा काम गर्ने तर आफ्नो जमिन नहुने भूमिहीन परिवारमा पर्‍यो । तर राज्यका बागडोर सम्हालेकाहरूले भूमिहीन सुकुम्बासीको न्यायका लागि खासै चासो नदिएकै हो भन्दा फरक नपर्ला किनकि सरकार मौन छ ।

भूमिहीनविरुद्धको दूषित राजनीति अन्त्य गर्छौं : मन्त्री श्रेष्ठ

कास्की – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने बताएकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीले आज पोखरामा आयोजना गरेको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा उनले वर्तमान सरकार भूमिहीनका पक्षमा रहेको र संविधानको भावनाअनुसार सबै सुकुम्बासीलाई जग्गा दिलाई छाडिने स्पष्ट पारिन् । उनले भनिन्, ‘अबका […]

'अझै पूरा भएन किसान नेता भीमदत्तको सपना'

‘कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्दै ठालुहरुको विपक्षमा र किसान अधिकार तथा समानताका लागि लड्दा लड्दै बलि चढेका किसान नेता भीमदत्तको सपना अनुसार किसानले अहिलेसम्म जमिनको स्वामित्व पाउन सकेका छैनन्। थुप्रैपटक भूमि आयोग गठन भए पनि राजनीति...

लालपुर्जा वितरणमा ढिलाई भएको भन्दै चितवनका सुकुम्बासीद्वारा प्रदर्शन

मंसिर २१, चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलवार प्रदर्शन गरेका छन् ।  नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा भूमि आयोग विघटन गरेको सुकुम्बासीलाई तेस्रो नागरिकको रुपमा राखेर गुमराहमा राखेर हालसम्म पनि अन्यौलमा राखेको भन्दै प्रर्दशन गरेका हुन् । उनीहरु ‘नो लालपुर्जा, नो भोट’ भन्दै प्लेकार्ड सहित र्‍याली र प्रदर्शन गरेका हुन् । आगामी निर्वाचन अघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् । केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्योल बनेको हो । लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुम्बासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘नेताहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्, उनले भने, ‘त्यसैले हामीले आजको प्रदर्शनको मुख्य नारा नै ‘नो लालपुर्जा, नो भोट’ बनाएका छौँ ।’ चितवनको रत्ननगरबाट आन्दोलनको शुरुवात गरिएपनि माग सम्बोधन नभए जिल्लाभर प्रर्दशनलाई निरन्तरता दिने देवकोटाको भनाइ छ ।  र्‍यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुम्बासीको सहभागी थियो । सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका  थिए । रत्ननगरको निपनी चोकबाट शुरु भएको ¥याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रूपमा देशव्यापी अभियान शुरु गरेको बताए । लालपुर्जा नपाए आगामी तीनै तहको निर्वाचनमा सुकुम्बासी समुदायले भोट नहाल्ने प्रतिबद्धता गरेको उनको भनाइ छ । नेपालमा ७० लाख सुकुम्बासी र ४० लाख सुकुम्बासी मतदाता रहेको उनले जानकारी दिए ।