राज कुन्द्राको पोर्न उद्योगमा ९ करोड लगानी, दैनिक लाखौं रुपैयाँ कमाई

एजेन्सी। बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्राको पोर्न उद्योगमा ९ करोड लगानी रहेको पाइएको छ। इण्डियन प्रमियर लिग (आइपीएल)मा आवद्ध टिम राजस्थान रोयल्सका मालिका समेत रहेका उनले पोर्न फिल्म बनाएको र त्यसलाई एप्समार्फत देखाएको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको हो। मुम्बई प्रहरीले सार्वजनिक गरेको राजको च्याटअनुसार लाइभ शोबाट दैनिक १.८५ लाख र फिल्मबाट दैनिक ४.५३लाख रुपैयाँ आम्दानी गरेका थिए।

सम्बन्धित सामग्री

अमेरिकामा पोर्न स्टार सोफियाको हत्या अनुसन्धान जारी

न्युयोर्क । पोर्न स्टार सोफिया लियोनको केही दिन अघि भएको मृत्यु हत्याका कारण भएको हुन सक्ने भन्दै खोजी सुरू भएको छ।  न्यू मेक्सिकोका अधिकारीहरूले  वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका छन, जहाँ उनीहरूले शङ्कास्पद रहेको जनाएका छन ।  २८ वर्षीया लियोनलाई मार्च १ मा परिवारका सदस्यहरूले उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला […] The post अमेरिकामा पोर्न स्टार सोफियाको हत्या अनुसन्धान जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोर्न स्टार काग्नीले गरिन आत्महत्या

न्युयोर्क । चर्चित ‘पोर्न स्टार’ अर्थात वयस्क चलचित्र अभिनेत्री क्यागनी लिन कार्टरले आत्महत्या गरेकी छिन् । पोर्न स्टार काग्नेले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी हुन । क्यागनी लिन कार्टरका साथीहरूले यो खबर सोशल मिडियामा साझा गरेका छन् । समाचार अनुसार जसका कारण  क्याग्नीको पर्मा, ओएचमा रहेको उनको निवासमा मृत्यु हुन पुगेको छ । यसैबीच, अब […] The post पोर्न स्टार काग्नीले गरिन आत्महत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोर्न स्टारसँग युवतीले गरिन भागेर बिवाह

अस्ट्रेलियाकी एक २९ वर्षीया युवतीले वयस्क उद्योगमा काम गर्ने व्यक्तिसँग भागेर विबाह गरेकी छिन् । कैटी ब्याम्प्टन नामकी ती युवती इन्ट्राग्राममा देखेको भरमा पोर्न स्टारको प्रेममा परेकी हुन् । उनले वयस्क उद्योगका काम गर्ने पुरुष रोबी ब्याम्प्टनसँग भागेर बिवाह गरेकी हुन् । बेलायती पत्रिका ‘डेली स्टार’ का अनुसार कैटी एक फिटनेस विशेषज्ञ हुन् । उनी […] The post पोर्न स्टारसँग युवतीले गरिन भागेर बिवाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । ‘नोटिस जारी गरिएको छ । यही बीच अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, […] The post शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

यी पोर्न स्टार जो २०२१ मा सर्वाधिक खोजिए

मुम्बई । सन् २०२१ अन्त्यको संघारमा छ । यो वर्ष सन् २०२० को जस्तै कैयौं व्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको तथ्यांक हालै सार्वजनिक भएको छ। एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक […] The post यी पोर्न स्टार जो २०२१ मा सर्वाधिक खोजिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आमा बन्ने तयारीमा रहेकी पोर्नस्टार भन्छिन् : म विगत बिर्सन चाहन्छु

एजेन्सी । सन २०२१ मा गुगलमा सवै भन्दा धेरै खोजिएकी पोर्नस्टार मध्ये एक हुन् लाना राेडेज । एडल्ट साइडमा सवै भन्दा धेरै खोजिएकी यी पोर्नस्टार अहिले भने आफ्नो विगत विर्सन चाहन्छिन् । अहिले गर्भावस्थामा रहेकी यी पोर्नस्टार अहिले २४ वर्षकी भइन् । अहिले भन्न थालेकि छिन् ‘मलाई पोर्न फिल्म खेलेकोमा पछुतो छ ।’ उनलाई अहिले […] The post आमा बन्ने तयारीमा रहेकी पोर्नस्टार भन्छिन् : म विगत बिर्सन चाहन्छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एडल्ट फिल्मबाट अलग्गिएका चर्चित अभिनेत्रीहरू

मुम्बई/ भारतमा पोर्न फिल्ममा प्रतिबन्ध लागे पनि यहाँ पोर्न कारोबार निकै फष्टाइरहेको छ । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यो मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका छन् । सन् २०१४ को अन्त्यमा भारत पोर्न साइट हेर्ने विश्वको पाँचौं स्थानमा थियो, जबकी अमेरिका पहिलो स्थानमा थियो । एडल्ट उद्योगमा काम गरिसकेका अभिनेता र अभिनेत्रीहरूले भलै […] The post एडल्ट फिल्मबाट अलग्गिएका चर्चित अभिनेत्रीहरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इन्टरनेटभित्र एउटा अर्को छुट्टै संसार: के हो फेसबुकमा मार्क जुकरवर्गको योजना ?

यो साता म भविष्यमा यात्रा गर्न विगतमा फर्किएँ!झन्डै १० वर्ष भयो म अनलाइन गेम 'सेकेन्ड लाइफ'को भर्चूअल संसारमा प्रवेश गरेको। त्यस्तो संसार अर्थात् कथित 'मेटाभर्स' जसको निर्माणमा अहिले सबै ठूला प्रविधि कम्पनीहरू लागिपरेका छन्।मेटाभर्स शब्द १९९० को दशकमा विज्ञान-कथामा आधारित उपन्यास 'स्नो क्र्याश'मा प्रयोग गरिएको थियो। जहाँ उक्त शब्दले इन्टरनेटको भर्चूअल-वास्तविकता जनाएको थियो, जहाँ मानिसहरू आफ्नो जीवनको लामो समय भर्चूअल वातावरणमा बाँच्छन्।'सेकेन्ड लाइफ' सन् २००० को दशकको अन्त्यतिर चर्चामा आयो। त्यहाँ डिजिटल रूपमा बाँच्नका लागि लाखौँ प्रयोगकर्ताहरूले दैनिक घण्टौँ समय इन्टरनेटमा बिताएको विषय समाचारको शीर्षक समेत बन्यो।त्यतिबेला मेरो अनुमान थियो - त्यो संसारको बिस्तारै अन्त्य हुँदैछ। तर म गलत थिएँ।उक्त डिजिटल प्ल्याटफर्ममा आफैँलाई 'बासिन्दा' भन्नेहरूको सानो, इमानदार र सम्भावित रूपमा बढ्दो समुदाय छ। उनीहरू आफ्नो मेटाभर्स भविष्य कस्तो देखिन्छ भन्ने अनुभव सँगाल्न लगइन गर्छन्।त्यसैले म फेरि त्यस संसारमा फर्किएको हुँ।दृश्यको सन्दर्भमा, यो नयाँ र सिर्जनात्मक छैन।यो भव्य भर्चूअल वातावरणभन्दा बढी पिक्सेलयुक्त अनलाइन गेम 'रोब्लोक्स'सँग मिल्दोजुल्दो देखिन्छ।तर यी दुईबीच भिन्नता के हो भने मार्क जुकरबर्गको मेटाभर्ससम्बन्धी योजनाजस्तै 'सेकेन्ड लाइफ' कुनै खेल होइन। यहाँ कुनै खेल प्रतिस्पर्धा हुँदैन। न कुनै खोज हुन्छ न त कथा नै। यो त केवल समय बिताउनका लागि बनाइएको ठाउँ हो।भर्चूअल भेटघाटमैले 'सेकेन्ड लाइफ'मा भेटेको एक बासिन्दा हुन् रेई।सन् १९६० दशकको स्कटल्यान्डस्थित माछा मार्ने एक गाउँको अनौठो नमुना बनाइएको समुद्री किनारमा टेलिपोर्ट गरेपछि हामीले एकअर्काका 'अवतार' देख्यौँ। 'मेटाभर्स'बारे उत्सुकता बढेपछि चार महिनादेखि आफूले सेकेन्ड लाइफमा समय व्यतीत गरिरहेको उनले मलाई बताएका थिए।उनी जुकरबर्गको मेटाभर्ससम्बन्धी अवधारणा वा योजनाको प्रशंसक होइनन्।'उनीहरू सबै कुरामा आफ्नो नियन्त्रण चाहन्छन्। तर मलाई लाग्छ यो त प्रयोगकर्ताका लागि पूर्ण रूपमा खुला हुनुपर्छ,' रेईले मलाई भने।फेसबुकमा प्रमुख कार्यकारी मार्क जुकरबर्गले भर्खरेर आफ्नो कम्पनीको नाम मेटा राखे। उनले आफ्नो ठूला योजनाहरू सार्वजनिक गर्दा रेईले इङ्गित गरेका चिन्ताका विषयलाई पनि सम्बोधन गरेका थिए।'मेटा एउटा कम्पनीभन्दा बढी भविष्य हो। त्यो हामी सबै मिलेर निर्माण गर्छौँ,' उनले आफ्नो वक्तव्यमा भनेका थिए।माइक्रोसफ्ट, इपिक गेम्स, रोब्लोक्स, नाइकीजस्ता ठूला कम्पनीले पनि मेटाभर्समा प्रवेश गर्ने आफ्नो योजना सार्वजनिक गरिसकेका छन्।मेटाभर्सको एकाधिकारबारे चिन्ता व्यक्त गर्ने रेई एक्लो व्यक्ति होइनन्। सेकेन्ड लाइफ चलाउने कम्पनी लिन्डेन ल्याबको उत्पादन व्यवस्थापनको उपाध्यक्ष आन्या केनेभ्स्कीले पनि यस विषयमा आफ्नो मत अघि सारेकी छन्।प्रविधिको क्षेत्रका दिग्गजहरूले अनलाइन जीवनबारे नयाँ विचारहरूमाथि विमर्श थालेपछि आन्याको चासो बढेको हो।सेकेन्ड लाइफ सन् २००३ देखि चलिरहेको छ।'म काल्पनिक समुदायबारे हाल भइरहेको छलफलकाबारे अलि चिन्तित छु,' उनले भनिन्।'केही ठूला खेलाडीको प्रवेशले सर्वसाधारण मानिसलाई सङ्केत यस्तो गरेको देखिन्छ - तिमीहरू यस संसारका मालिक होइनौ। अरू कसैले नियम बनाउनेछन्, कार्यक्रम चलाउनेछन् र बासिन्दा केवल उपभोक्ता हुनेछन्।'रोब्लोक्सजस्तै सेकेन्ड लाइफ एउटा ठाउँ हो जहाँ प्रयोगकर्ताहरूले वातावरण निर्माण गर्छन् र अन्य मानिसलाई खेल्न निम्तो दिन्छन्। यद्यपि यसमा निकै कम सहभागी छन्।सेकेन्ड लाइफको वर्तमान प्रयोगकर्ता ९० हजारजति छन् भने रोब्लोक्सको करिब ५५ लाख रहेको अनुमान छ।मार्क जुकरबर्गले आफूले पनि प्रयोगकर्ताहरूको एउटा समुदायलाई मेटाभर्सको संसारमा लैजान चाहेको बताए। तर,तत्कालका लागि उनीसँग 'बासिन्दा' छैनन्।उनले आफ्नो मेटा संसार स्थापना गर्न युरोपभरि १० हजार कर्मचारी नियुक्त गर्ने बताएका छन्।केहीले प्रयोगकर्तालाई मेटाभर्स नियन्त्रणमा अनुमति दिनुभन्दा पनि समुदायले नै पूर्ण रूपमा मेटाभर्स निर्माण गर्नुपर्ने तर्क अघि सारेका छन्।मेटाभर्स सुरुदेखि बनाउन खोज्नु मेटाभर्ससँग नजिक हुने उपयुक्त तरिका नभएको मेटाको भर्चूअल-वास्तविकता विभाग ओकुलसका प्रविधि परामर्शका प्रमुख अधिकृत जोन कार्म्याकको विश्वास छ।आर्स टेक्निकाले उनलाई उद्धृत गर्दै भनेको छ: 'एउटै एप्लिकेशनले सबै कुरा नियन्त्रणमा लिन्छ भन्ने कुरामा मलाई शङ्का लाग्छ। एक खेलाडी, एउटा कम्पनीले मात्र मेटाभर्ससम्बन्धी सही निर्णय गर्न सक्छ भन्ने मलाई लाग्दैन।'सेकेन्ड लाइफको अन्तर्कथा जुकरबर्ग र अन्यका लागि आवश्यक पाठ बन्न सक्छ।चर्चा उत्कर्षमा पुगेको बेला उक्त साइटले उच्च व्यक्तित्वहरूबीच भर्चूअल दङ्गा मच्चाएको, खेलभित्रकै मुद्रामा आधारित लगानीकर्तालाई धोका भएको र बालबालिकाको हेरचाह प्रभावित भएको जस्ता आरोप लागेको थियो।यो साता मेरो छोटो अन्वेषणमा पनि मैले सेकेन्ड लाइफले सामना गर्नुपर्ने चुनौतीहरूको झलक पाएँ। मेटाभर्स मूलधारमा गएको अवस्थामा ती चुनौतीहरू विस्तारित हुनेछन्।प्ल्याटफर्ममा 'पोर्न' र 'ड्रग' जस्ता शब्द भएका घटना वा ठाउँहरूको खोजी गर्न रोक लगाइएको छ।तर मैले 'सेक्स' शब्दको खोजी गर्दा मलाई भर्चूअल 'स्ट्रिप क्लबहरू'मा लगियो जहाँ मलाई त्यहीँ संसारको रकम तिररेमा मेरो काखमा बसेर गरिने डिजिटल नृत्य को प्रस्ताव आयो।'भर्चूअल संसारमा शासनको योजना जटिल छ,' केनेभ्स्की भन्छिन्,'यसमध्ये केहीलाई हटाउन सकिन्छ तर धेरैलाई मानवीय कोणबाट हेर्न आवश्यक छ। ती सबै पलायनवादी व्यवहार, सुन्दर वस्त्र वा भव्य अवतारहरू मात्र होइनन्।'सेकेन्ड लाइफबाट बाहिरिनुअघि मैले रेईलाई प्रश्न गरेको थिएँः उनी किन उक्त प्ल्याटफर्ममा आइरहन्छन्?उनले उत्तर दिएः 'म आफ्नो आँखाले नै पना देख्न चाहन्छु।'-बिबिसीबाट साभार

पोर्न भिडियोबाट दैनिक ६–७ लाख कमाउँथे राज कुन्द्रा

भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई क्राइम ब्रांन्चले पक्राउ गर्यो । उनलाई भारतमा पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ । राजको यो धन्दाको बिषयमा खबर सार्वजनिक भएसँगै यसले अधिकांश मानिसहरुलाई अचम्मित बनाइदिएको […]