महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हेवेन्ली स्पामा विशेष छुट हुने भएको छ । सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आफ्नो ग्राहकलाई थप सुविधाको लागि स्पासँग सहकार्य गरेको जनाएको छ । सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकले विभिन्न सेवाहरुमा छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई स