सेयर खरिदको विवादमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई कारबाही गर्न कर्मचारीको माग

छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद भएपछि यतिबेला नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना आलोचित बनेका छन्।

सम्बन्धित सामग्री

अध्यक्ष ढुङ्गानालाई कारबाही गर्न धितोपत्र बोर्डका कर्मचारीको माग

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । धितोपत्र कारोबारमा बोर्डका अध्यक्ष ढुङ्गानाले व्यक्तिगत रूपमा अनैतिक कारोबार गरे पनि सिङ्गो बोर्डलाई नै बदनाम गराइएको भन्दै कर्मचारीहरूले विरोध पनि जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी युनियनले अध्यक्ष ढुङ्गानाले व्यक्तिगत रूपमा गलत गरेकाले व्यक्तिगत रूपमै उनलाई कारबाही गर्न र बोर्डलाई विवादमा नल्याउन सरकारसँग माग गरेका छन् । कुनै व्यक्ति अध्यक्ष भएकै नाताले ग