अध्यक्ष ढुङ्गानालाई कारबाही गर्न धितोपत्र बोर्डका कर्मचारीको माग

 नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । धितोपत्र कारोबारमा बोर्डका अध्यक्ष ढुङ्गानाले व्यक्तिगत रूपमा अनैतिक कारोबार गरे पनि सिङ्गो बोर्डलाई नै बदनाम गराइएको भन्दै कर्मचारीहरूले विरोध पनि जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी युनियनले अध्यक्ष ढुङ्गानाले व्यक्तिगत रूपमा गलत गरेकाले व्यक्तिगत रूपमै उनलाई कारबाही गर्न र बोर्डलाई विवादमा नल्याउन सरकारसँग माग गरेका छन् । कुनै व्यक्ति अध्यक्ष भएकै नाताले ग