महाकाली नदीले बगाउँदा एक वृद्धाको मृत्यु

दार्चुला – दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाको ज्यान गएको छ । महाकाली नगरपालिका- ४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए । नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला […]

सम्बन्धित सामग्री

महाकाली नदीले बगाउँदा एक वृद्धाको मृत्यु

दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाको ज्यान गएको छ ।  महाकाली नगरपालिका४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए । नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको हो । भारतीय प्रहरीले ढुङ्गाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

खोलामा डुबेर वृद्धाको मृत्यु, करिब डेढ सय घर डुबानमा

कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरामा खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिव ९० वर्षकी फूखिया थरुनीको मृत्यु भएको हो।...

उदयपुरमा खोलाले बगाउँदा वृद्धको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर बेल्टार, मदनचोकका गुमशेर राईको मृत्यु भएको हो । बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो । घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले...

खोलाले बगाउँदा मृत्यु

पाल्पा । रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा