‘चाडपर्वको मुखमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने सरकार किन चाहियो ?’ दशैँमा तेल र ग्यासको भाउ फेरि बढेको खबर सुनेर आक्रोशित भएका आमनागरिकले उठाएको प्रश्न हो यो । आर्थिक मन्दी र महँगीले रुनु न हाँस्नु बनाइरहेको बेला तेल र ग्यासमा फेरि भाउ थपिँदा नागरिकलाई आफ्नो पीडामा नुनचुक छर्केको अनुभव भैरहेको छ । चाडपर्वको बेला सहुलियत र राहत दिनुपर्ने सरकार उल्टै नागरिकको घाउमा नुनचुक थपेर व्यापारीलेझैँ नाफाघाटाको जोडघटाउ गर्दैछ ।किनेर ल्याउँदैमा महँगो परेको भन्दै सरकारले खाना पकाउने ग्यासको म...