काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने रोक्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ। यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण […]