काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज आइतवार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
मूलपानी मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३३ ओभर २ बलमा ९६ रन बनाउँदा अलआउट भयो । उसका समीर कँडेलले ३९ रन बनाए । आर्मीका सुशन भारीले पाँच तथा कुशल मल्ल र शाहब आलमले दुई/दुई विकेट लिए । आर्मी समूह 'ए' को तेस्रो र गण्डकी दोस्रो स्थानमा छ ।
यस्तै अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ३९ रनले हरायो ।...