धनगढी- गैर आवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेकी छन् । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैर आवासीय नेपालीहरूसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए । बिहीबार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैर आवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि […]