प्रेमिका कुटपिटको आरोपमा मुछिएका ग्रीनवुड निलम्बित

 एजेन्सी । इङ्लिस युवा फरवार्ड मेसन ग्रीनवुडलाई म्यानचेस्टर युनाइटेडले निलम्बन गरेको छ । आइतबार आफ्नी प्रेमिका हेरिएट रोब्सनलाई कुटपिट र बलात्कार गरेको आरोपमा मुछिएपछि ग्रीनवुडलाई युनाइटेडले निलम्बन गरेको हो । आइतबार ग्रीनवुडले कुटपिट र बलात्कार गरेको भन्दै रोब्सनले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेकी थिइन् । त्यसपछि ग्रेटर म्यानचेस्टर पुलिसले ग्रीनवुडलाई सोधपुछको लागि पक्राउ गरेको छ […]