मार्कोस जुनियर फिलिपिन्सका नयाँ राष्ट्रपति

फर्नान्डिज मार्कोस जुनियर फिलिपिन्सका नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। मार्कोस राष्ट्रपतिमा निर्वाचित भएसँगै एक पटक फेरि फिलिपिन्सको सत्ता विवादित राजनीतिक परिवारको हातमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नवनिर्वाचित राष्ट्रपति मार्कोस फिलिपिन्सका तानाशाह पूर्वराष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा हुन्। ६४ वर्षीय मार्कोस जुनियर फिलिपिन्समा बोङबोङ नामबाट समेत परिचित छन्। उनले आफ्ना प्रतिस्पर्धी लेनी रोब्रेर्डोलाई पराजित गर्दै […]

सम्बन्धित सामग्री

ऐक्ट ईस्ट नीतिमा फिलिपिन्सको महत्वपूर्ण भूमिका: भारतीय प्रधानमन्त्री मोदी

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फिलिपिन्सले भारतको ऐक्ट ईस्ट नीति र यसको इन्डो-प्यासिफिक भिजनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकाे छ । उहाँले शुक्रबार फोन संवादका क्रममा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँग यस्ताे बताउनुभएकाे हाे ।प्रधानमन्त्री नरेन्द्र मोदीले फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा हालैको चुनावमा फर्डिनान्ड मार्कोस जुनियर विजयी भएकाेमा उहाँलाई बधाई समेत दिनुभएकाे छ । […]

मार्कोसको उदय

फिलिपिन्सका तानाशाह पूर्वराष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा फर्निनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । ६४ वर्षीय मार्कोस जुनियर पूर्वसिनेटर हुन् । चुनावमा तालमेल गरेकाले दुवैको जित सम्भव भयो । गएको मे ९ मा त्यहाँ आमनिर्वाचन भएको थियो । राष्ट्रपतिमा निर्वाचित मार्कोस जुनियरले आफ्ना निकटतम प्रतिस्पर्धीको भन्दा दोब्बर अर्थात् ५६ प्रतिशत मत पाए ।

फिलिपिन्समा राष्ट्रपति मार्कोसको सपथ

१६ असार, काठमाडौं । फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले मनिला शहरमा हजारौं मानिसहरूका बीच शपथ ग्रहण गरेका छन् । मार्कोस जुनियर भनेर चिनिने ६४ वर्षका उनको सपथग्रहण समारोहमा मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित उपस्थित थिए । चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् […]

फिलिपिन्सका राष्ट्रपति मार्कोस जसको पिताबाट हजारौंको हत्या आमाका हजारौं जुत्ता

एजेन्सी, १६ असार । उनका पिता क्रुर तानाशाहका रुपमा चिनिन्थे । उनकी आमा इमेल्डा मार्कोसको जुत्ताको विषय सासारभर अझै चासोको विषय बनेको छ । उनी हुन् फिलिपिन्समा आजबाट राष्ट्रपति बनेका फर्नान्डो मार्कोसको छोरा फर्डिनान्ड बोङबोङ मार्कोस जुनियर । उनका पिताको २ दशक लामो शासनकालमा सेना र प्रहरीले विरोधीहरुको हत्या गरे । उनकी आमाले हजारौं जुत्ता […]

फिलिपिन्समा पूर्व तानाशाह मार्कोसका छोरा राष्ट्रपति बन्दै

एजेन्सी, २७ वैशाख । फिलिपिन्सका पूर्व तानाशाह फर्नान्डो मार्कोसका छोरा फर्डिनान्ड बोङबोङ मार्कोस जुनियर राष्ट्रपति बन्ने निश्चित भएको छ । चुनावी परिणाम आइरहँदा मार्कोसले बहुमत पाइसकेकाले निर्वाचित हुने निश्चित भएको हो । ३६ वर्षपछि मार्कोस परिवार सत्तामा आउन लागेको । यो मार्कोसको शासनमा भएको दमन र भ्रष्टाचारको विरोध गरिरहेकाहरुका लागि ठूलो धक्का बनेको छ । […]

फिलिपिन्समा राष्ट्रपति निर्वाचन

एजेन्सी । फिलिपिन्समा राष्ट्रपति चयनका लागि आज मतदान सुरु भएको छ । नयाँ राष्ट्रपति चयन गर्न लाखौँ मतदाता मतदानमा सहभागी भएका छन् । निर्वाचनमा पूर्वतानाशाहका छोरा फर्डिनान्ड बोन्बोङ मार्कोस जुनियर विजयी हुने आँकलन गरिएको छ । मार्कोसका निकटतम प्रतिद्वन्द्वी लेनी रेब्रेडो छन् । उनले सन् २०१६ को उप–राष्ट्रपतिको चुनावमा मार्कोसलाई पराजित गरेका थिए ।

फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा र वर्तमान राष्ट्रपतिकी छोरी एउटै गठवन्धनमा

एजेन्सी । फिलिपिन्समा आगामी निर्वाचनका लागि पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्वसिनेटर फेर्डिनान्ड मार्कोस जुनियर र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे एकै ठाउँमा उभिएका छन्।

फिलिपिन्स : पूर्व राष्ट्रपतिका छोरा र वर्तमान राष्ट्रपतिकी छोरी एकै ठाउँमा

फिलिपिन्समा आगामी निर्वाचनका लागि पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियर र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे एकै ठाउँमा उभिएका छन् ।