विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिँदै

काठमाडौं, २९ माघ । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकलाई लाठी चार्ज गरेपछि भिआइपीको सुरक्षालाई लिएर जनस्तरबाट चर्को विवाद भएको थियो । प्रहरीले चिकित्सकमाथि लाठी चार्ज गरेको भन्दै नेपाल चिकित्सक संघले आपतकालीन बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। सत्ता साझेदार दलहरुबीचको सहकार्यलाई अझ बलियो बनाउने सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै परिस्थिति फेरिएको दाबी गरेका छन्। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार देखिएकोछ। सरकाले जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। नेप्से परिसूचक ६०.७७ अंकले घटेको छ।

डाक्टरसँग सहमति: ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि’ परिमार्जन हुने

सरकार ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा परिमार्जन गर्न तयार भएको छ।  आइतबार सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघबीच भएको सहमतिमा यो विषय उल्लेख छ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने

सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्ने भएको छ । विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गरिनेछ ।