अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए । फाकथोक थुङ गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ बस्ने ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवालको मृत्यु भएको छ । सुर्यदय नपा–