काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्र सफा सुग्घर राख्न र भक्तजनलाई सहज हुनेगरी प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।
आज पशुपति क्षेत्रको अवलोकन गर्दै मन्त्री श्रेष्ठले सरसफाइमा ध्यान दिन र भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो । उहाँले पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूपा, सत्तललगायत स्थलको अवलोकन पनि गर्नुभएको छ ।
...