काठमाडौं : अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एशियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर नेपालले भियतनामसँग २ खेल खेल्ने जानकारी दिएको हो। पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ।समूह ‘सी’मा रहेको नेपालले यसअघि घरेलु भूमिमा भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइनसँग खेल्ने तालि