कालिकोट नेकपा माओवादी केन्द्रको वर्चश्व रहेको जिल्ला हो । यहाँ माओवादी केन्द्र सधैँजसो पहिलो शक्तिका रुपमा रहँदै आएको छ । कर्णालीका पूर्व मुख्यमन्त्री एवं माओवादीका इञ्चार्ज महेन्द्रबहादुर शाही ‘प्रज्वल’को गृहजिल्ला समेत भएकाले यहाँ माओवादी केन्द्र र व्यक्तिगत रुपमा उनको पनि राम्रो प्रभाव छ ।मुख्यमन्त्री हुनभन्दा पहिला उनी संघीय सरकारको ऊर्जामन्त्री पनि भइसकेका व्यक्ति हुन् । उनको गृह पालिका पचाल झरनामा अन्य सबै दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादी नै भारी भएको विगतको तथ्या