तेरो देशद्रोही पलायनवादको परिभाषा भित्र मुलुक बाहिरका सबै नेपाली पर्छन् भने भोलि चोकको चिया पसलमा चियाको चुस्की र चुरोटको सर्को तान्दै गर्दा याद गर्नू, हाम्रो पसिना विदेशमा बग्छ र तँहरुलाई पुरै देश धानेको भ्रम छ। सुन् साथी, जुन दिन म हरियो राहदानी बोकेर देश छोडेको थिएँ त्यही दिन आफूसँगै नेपालको एक अंश पनि बोकेर हिँडेको थिएँ।