१२ जेठ, काठमाडौं। वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ। बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो । हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ […]
दाङ – दाङमा हावाहुरीले विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। गएराती आएकाे हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए। ‘ठूलो हावाहुरीले टिनकाे छाना उडायाे। पठनपाठन प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन।’ गढवा गाउँपालिका-३ मा रहेकाे विद्यालयकाे चार वटा कक्षाकाेठाकाे टिनकाे […]
सिमकोट – हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा साढे पाँच लाख रुपैयाँ बराबरको क्षति पुुगेको छ। घटनास्थलमा प्रहरी पुुगेर मुचुल्का तयार गरेपछि विद्यालय भवनमा पुुगेको क्षतिको यकिन विवरण आएको हो। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ४ मा रहेको चन्द्रप्रकाश मावि भवनको छाना हावाहुरीले उडाएको थियो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले हावाले विद्यालय भवनको छाना उडाउँदा साँढे […]
धादिङ – शुक्रवार दिउँसो पानीसहितको हुरीबतासले नीलकण्ठ नगरपालिका १४ धुवाकोट रिमालडीको ३० वटाभन्दा बढी घरमा क्षति पुगेकाे । पानीसहित हुरीबतास चल्दा केही घरकाे छाना उडाएकाे छ भने कुखुरा फर्म र टनेलमा पनि क्षति पुगेकाे छ ।
१२ घरमा बस्न नहुने अवस्था आएको र गोठ, कुखुरा फर्म लगायत गरी ३० वटाभन्दा बढी घरमा क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । हावाहुरीले घरकाे छाना उडाएपछि केही परिवार छिमेकीकाे घरमा बस्ने अवस्था आएकाे छ ।&...
सल्यान : हावाहुरीले विद्यालयको छाना उडाएपछि जिल्लाको एक विद्यालयमा पठनपाठनका लागि समस्या भएकाे छ। विद्यालयको अफिसमा राखेर विद्यार्थी पढाउने गरिएको छ।जिल्लाको शारदा नगरपालिका ५ रानीकोटमा रहेको सरस्वती विद्या मन्दिर प्राथमिक विद्यालयमा हावाले छाना उडाएपछि शिक्षक र विद्यार्थी एउटै कोठामा बस्दै आएका हुन्।गत जेठ २८ गते आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएपछि कक्षा कोठाको अभावमा विद्यार्थीलाई विद्यालयको कार्यालयमा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ।कक्षा ३ मा पढ्ने विद
शुक्रबार बेलका ६ बजेतिर आएको हावाहुरीले प्युठानमा स्वास्थ्य चौकी, विद्यालय सहित दर्जनौ घरका छाना उडाएको छ । नौबहिनी गाउँपालिका–८ फोप्लीमा रहेको स्वास्थ्य चौकीको करिब आधा भागमा रहेको छानो उडाएको स्वास्थ्य...
जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ। गुठीचौर–३ गज्यांकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो।
दुई कोठे विद्यालय भवनको छाना हावाहुरीले...
रुकुम पश्चिम - रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् ।
आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षक/विद्यार्थीसहित पाँच जना घाइते भएका हुन् ।
हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घाइते भएका हुन् ।
जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण ...
सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ बेलखोलास्थित भैरवी निम्न माध्यमिक विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थी खुला आकाशमुनि पढ्नुपर्ने भएको छ।हावाहुरीले छाना उडाएको ५ महिनाभन्दा पनि बढि भइसकेको छ। ०७७ चैतमा आएको हावाहुरीले छाना उडाएको थियो। कोरोना संक्रमणले बन्द भएको विद्यालय खोल्ने तयारी भइसक्दा समेत छाना मर्मत हुन सकेको छैन।विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले छाना उडाएको भवन नै जीर्ण भएकाले मर्मतभन्दा नयाँ भवनको लागि प्रयास गरे पनि बनाउन सफल हुन नसकेको प्रधानाध्यापक राम