निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी हुनुहुन्थ्यो । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ । भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भने …