काठमाडौँ– पेट्रोलियम व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शनिबार नेपाल आयल निमगसँग सहमति जुटेपछि चैत २० गतेबाट गर्ने भनिएको आन्दोलन व्यवसायीहरूले फिर्ता लिएका हुन् । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरूबीच भएको वार्तामा सहमति जुटेको हो । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले वार्ताबाट सकारात्मक निष्कर्ष आएको बताए । […]