शुक्लाफाँटामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिँदै

साउन २५, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाइने भएको छ ।   एशियाली विकास बैंकको रू. ५२ करोड सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत केन्द्र निर्माण कार्य हुन लागेको हो । यसका लागि कृष्ण सामुदायिक वनको १४ बिघा ३० कट्टा जग्गाको भोगाधिकारका लागि वन मन्त्रालयमा निवेदन पेश गरिएको छ । निवेदन स्वीकृत भएपछि निर्माणले गति लिने भएको छ ।  गत फागुनमै केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि मन्त्रालयले वनको भोगाधिकार नदिँदा निर्मार्ण अगाडि बढ्न नसकेको नगर प्रमुख दिलबहादुर ऐरले जानकारी दिए । ‘मन्त्रालयमा पेश गरिएको निवेदन छिट्टै स्वीकृत हुने अश्वासन पाएको छु” उनले भने, ‘अब कार्यले गति लिन्छ ।’ यसका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र प्रारम्भिक वातावरणीय परीक्षण (आइइए) लगायत पूरा भएका छन् । माटो परीक्षणको कार्यसमेत गरिएको छ । कुहिने र नकुहिने फोहरलाई छुट्ट्याइ मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल तयार गर्ने र बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ । वातावरणमा असर नपर्ने गरी केन्द्रका लागि संरचना निर्माण हुनेछन् ।  ‘एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भएपछि रोजगारीमा वृद्धिसँगै नगरपालिकाको राजस्वमासमेत वृद्धि हुन्छ’ नगरपालिकाका इञ्जिनीयर दीपक धामीले भने, ‘नियमित फोहर संकलनको कार्य हुने भएकाले नगर सफासुग्घर हुनुका साथै विभिन्न सरुवा रोगबाटमुक्ति मिल्छ ।’ उनका अनुसार शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट झण्डै तीन टन बढी फोहर संकलन हुने गरेको छ । नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीले फोहर संकलन गरी एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनोट गरिएको स्थानमा फाल्ने गरेका छन् ।  केन्द्र निर्माण हुने क्षेत्रका प्रभावित बासिन्दाका लागि नगरपालिकाले सडकमा ग्राभेल तटबन्ध निर्माण, सामुदायिक वन क्षेत्रमा तारवार गर्ने कार्यलाई अगाडि बढाएको छ । आव २०७५/७६ मा रू. पाँच लाखको लागतमा वनहरा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र रू. नौ लाख ५० हजारको लागतमा सडक निर्माणसँगै ग्राभेल हाल्ने पूरा गरिएको छ । यसैगरी, आव २०७७/७८ मा सामुदायिक वन क्षेत्रमा तारजाली लगाउनका लागि नगरपालिकाले रू. १८ लाख बजेटको व्यवस्था गर्नुका साथै रू. दुई लाखको लागतमा स्यालो टयुबेल जडान गरिएको छ । बैंकको सहुलियत ऋण सहयोगमा नगरपालिकामा केन्द्र निर्माणकार्यसँगै रू. २७ करोड ८७ लाखको लागतमा नगरपालिका क्षेत्रको चार दशमलव ७ किलोमिटर क्षेत्रमा नालीसहितको कालापत्र सडक निर्माण शुरु गरिएको छ ।  तीन खण्डमा विभाजन गरी सडक निर्माण अगाडि बढाइएको छ । यसैगरी सोही कार्यक्रम अन्तर्गत रू. ११ करोड २० लाखको लागतमा अत्याधुनिक नगरपालिका कार्यालय भवन निर्माण अगाडि बढाइएको छ । रासस

सम्बन्धित सामग्री

कैलालीको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै

१७ फागुन, कैलाली । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ । चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ । एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्पलेक्ससँग विसं २०७९ साउन […]

परराष्ट्रमन्त्री साउदद्वारा निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण

कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आज शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गामा निर्माण भइरहेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण गरेका छन् । मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगतिबारे आज जानकारी लिएका हुन् । निर्धारित समयभित्रै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न निर्माण व्यवसायीलाई उहाँले निर्देशनसमेत दिए। निरीक्षणका क्रममा मन्त्री साउदले केन्द्रको उत्तरतर्फको क्षेत्रमा […]

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

गोदावरी (कैलाली), ३१ भदौ । कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास […]

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणस्थलबाट आठ सय रूख हटाइने

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको पूर्वाधार संरचना निर्माणस्थलमा रहेका आठ सय १३ रूख कटान गरी हटाइने भएको छ । श्रीकृष्ण सामुदायिक वनको जग्गामा निर्माण हुने फोहरमैला व्यवस्थापन केन्द्रका लागि मन्त्रिपरिषद्को विसं २०७८ माघ १० गतेको बैठकको निर्णयानुसार चार दशमलव ९९ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको […]

थापाथलिको प्रसूति गृहमा ह्युमन मिल्क बैंक सञ्चालनमा

काठमाडौं।एकीकृत समाजवादीले शनिवार चुनाव केन्द्रित भेला गर्ने भएको छ।थापाथलिको प्रसूति गृहमा ह्युमन मिल्क बैंक सञ्चालनमा आएको छ।कञ्चनपुरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बन्ने भएको छ।काठमाडौं उपत्यकाको सबै फोहोर उठ्न अझै एक साता लाग्ने भनिएको छ।थारु समुदायमा परम्परागत हरेरी पूजा मनाइएको छ।

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

काठमाडौँ,३ भदौ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रुख छपान र कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो । सवडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि […]

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रुख छपान र  कटान गरिने भएको छ। एशियाली विकास बैंकको रु २६ करोड ७७...

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

कञ्चनपुर– एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रूख छपान र  कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो । सबडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि सिन्दुरे (रुइना)  प्रजातिका […]

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिँदै

गोदावरी, १५ मंसिर । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो । सङ्घीय आयोजना कार्यान्वयन एकाइ […]

साठी करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र - Purbeli News

कञ्चनपुर / भीमदत्त नगरपालिकामा रु ६० करोडको लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो । आधुनिक प्रविधिको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउने प्रतिबद्धता गरेका छन्...