सुनका सिक्का र असर्फी आइतबारसम्म किन्न पाइने, १० हजार वटा सिक्का मौज्दात

नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरुको बिक्री वितरण शुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट बिहीबारदेखि शुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने बैंकले जनाएको छ । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार गत वर्षहरू जस्तै यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ भने रु. १००० अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ । रु. १००० अंकित चाँदीको सिक्काको मूल्य १६

सम्बन्धित सामग्री

आइतबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

यस वर्षको तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आउँदो आइतबार कात्तिक १९ देखि २४ गतेसम्म सिक्का बिक्री गर्ने बुधबार सूचनामार्फत जानकारी गराएको छ ।

तिहारको तीन दिनमा मात्र ३६ करोडका सुनका सिक्का बिक्री

यो वर्षको तिहारका तीन दिनमा मात्र ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सुन र चाँदीका सिक्का बिक्री भएका छन् । यो यही कात्तिक ३, ४ र ६ गते मात्र बिक्री भएका सिक्काको विवरण हो । सो अवधिमा ७ हजार ६ सय १३ सुनका सिक्का (असर्फी) र ८ हजार ४ सय १३ चाँदीका सिक्का बिक्री भएको राष्ट्र बैंक टक्सार विभागका कामु निर्देशक रविन्द्र भट्टराईले जानकारी दिए ।

तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री

यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ । १० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।

सयौँ सुनका सिक्का भएको ११ सय वर्ष पुरानो गाडधन भेटियो - BBC News नेपाली

मूल्यवान् धातु सुन पगालेर पुनः प्रयोग गरिने भएकाले ठूलो परिमाणमा प्राचीन असर्फी फेला पर्नु दुर्लभ मानिन्छ।