काठमाण्डाै - नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पत्रमा बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख छ । साथै आफूहरुलाई सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको टिप्पणी पत्रमा गरिएको छ ।
स्थायी कमिटीको बैठकमा समेत गठबन्धनमा समस्या भएकाले बजेट पास ...