पछिल्लो आठ दशकयताकै खराब अवस्थामा पुगेर बौरिने क्रममा रहेको विश्व अर्थतन्त्र फेरि धर्मराएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरिएन्टलाई विश्वका लागि नयाँ चुनौतीका रूपमा औंल्याएपछि त्यसको नकारात्मक असर विश्व अर्थतन्त्रका विभिन्न आयाम तथा सूचकहरूमा देखिन थालेको हो ।