निउराे टिप्न गएका बुबा–छाेरालाई खाेलाले बगायाे

दोलखा – खोलाले बगाउँदा दाेलखामा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उहाँका छोरा बेपत्ता भएका हुन् ।  आज आइतवार गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिनुभयो ।  घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

सम्बन्धित सामग्री

मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको मृत्यु

गमगढी- मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको हिमपहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा पातारासी–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की, ३६ वर्षीय वीर बोहोरा र ४० वर्षीय तारासिंह सार्की छन् । यार्सा संकलनका लागि पातारासीबाट १४ […]

यार्सागुम्बा टिप्न गएका युवकको कठ्याङ्ग्रिएर मृत्यु

बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ।जिल्लाको सुर्मा गाउँपालिका–३ सैनगाँउका ३६ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए।उनका अनुसार बोहराको अत्यधिक चिसोका कारण मृत्यु भएको हो। पानी परेकाले घटनाकाे थप विवरण नआएकाे र घटनास्थलतर्फ प्रहरी टा

रुकुम पूर्व - सिस्नो टिप्न गएका दिदीबहिनी मृत भेटिए

रुकुम पूर्व – रुकुम पूर्वमा सिस्नाे टिप्न गएका दुई बालिका मृत अवस्थामा भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र नाै वर्षीया कालिमाया बुढा मगर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।तारामान बुढाका दुई छोरी बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएकाे हुन सक्ने अनुमान गरिएको छ ।सिस्नाे टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी...

भारतीय जङ्गलमा निहुराे टिप्न गएका बेला गाेली लाग्दा १ नेपालीकाे ज्यान गयाे

बर्दिया – भारतीय जङ्गलमा निहुरो टिप्न गएका बेला गोली लाग्दा एक जना नेपालीको ज्यान गएको छ ।  बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जङ्गलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार हुँदा ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बिहीवार गोली लागेपछि भाग्दै घर नजिक  आइपुगेका घाइते गोडिया केहीबेरपछि बेहोस हुनुभएको थियो । होसमा आएपछि फोन गरी आफन्तलाई खबर गरी आफन्तले उपचारका लागि गुलरिया अस्पतालमा लगेका थिए । उपचारकै क्रममा उहाँको आज शुक्रवार ज्यान गएको हो ...

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार

काठमाडौं । बर्दियासँग जोडिएको भारतीय सिमाना मूर्तिहाको जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । हिजो बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा […]

जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसे

काठमाडौं । जडीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन् । झन्डै दुई साताअघि सेतक चिनी टिप्न गएका ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा छन् । पाटनबाट फर्किने क्रममै भएको भारी हिमपातमा परी चिसोले दुई जनाको मृत्यु भएको छ । भारी हिमपातका कारण जुम्लाको तातोपानी–८ का […]

मनाङमा यार्सा टिप्न गएका ५६ जनाको उद्दार

मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्न जाँदा मौसम बदली भएर विपद्मा परेका ५६ जनालाई उद्धार गरिएको छ । शुक्रबार हेलिकप्टरमार्फत उनीहरुको उद्दार गरिएको मनाङका डिएसपी सुवास खड्काले रातोपाटीलाई बताए । नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न गएका २४ जनाले चाहिँ आफुहरु सुरक्षित तरिकाले घर पुगेको बताएका छन् । उनीहरुले आफु ‘सुरक्षित छौं’ भनेपछि उद्दार गर्नु नपरेको डिएसपी खड्काले बताए । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएको र मौसम बदली भएर हिउँ पर्दा उनीहरुमध्ये ५६ जना बिच

यार्सा टिप्न गएका ५६ जनाको उद्धार

४ असार, पोखरा । मनाङको उच्च हिमाली भेगमा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएका उनीहरु भारी वर्षापछि सम्पर्कविहीन भएका थिए । केही अघिबाट निरन्तर वर्षाका भइरहेकाले सम्पर्कविहीन भएको ४ दिनसम्म उद्धार हुन सकेको थिएन । उद्धार गरिएकामध्ये तीन जनाको स्वास्थ्यमा खराबी देखिएको जिल्ला प्रशासन कार्यालय […]

यार्सा टिप्न गएका एकको मृत्यु

जीवनबुटी मानिने बहुमूल्य जडिबुटी यार्सा गुम्बा टिप्न डोल्पा पाटन गएका जुम्ली एक युवाको मृत्यु भएको छ । जुम्ला गोठीचौर गाउँपालिका–७ ग्रज्याङ्कोट निवासी १७ वर्षीय युवा सुमन रावलको डोल्पाको एक पाटनमा लेक लागेर मृत्यु भएको हो ।जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने यार्सा पाटनमा यार्सा सिजन खुल्नु अगावै संकलन लागि गएका रावलको लेक लागेर बिरामी […]