नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्चको आदेशले पुनः एकपटक संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन् । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षामा महत्वपूर्ण योगदान पुगेको बताए । ‘सर्वोच्च अदालतको आजको आदेशले संविधान र लोकतन्त्रको रक्षामा महत्वपूर्ण योगदान पुगेको छ’, उनले भने, ‘प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी, नागरिक आन्दोलनकर्मी र आम जनस