दाङ – पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही बसपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार एक करोड ५० लाखको लागतमा दुई वटा स्टेसन निर्माण गरिएको हो। चार्जिङ स्टेसनमा दैनिक ५ देखि १० वटा सवारीसाधनले सेवा लिने गरेका छन्। चार्जिङ स्टेशनले सहजता थपेको सवारी धनी विमल केसीले बताए। पूर्वमा बुटवल र पश्चिममा कोहलपरमा स्टेसन थियो।