भेहिकल एन्ड कन्सिग्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रणालीमा विवरण नराखि मालवस्तु ढुवानी गर्ने १९ कम्पनीलाई राजश्व अनुसन्धान विभागले कारबाही गरेको छ ।
विभागले काठमाडौंको ढुुंगेअड्डा र ८ गते न्यूरोडमाा ८५ वटा कम्पनीमा अनुुगमन गरेको थियो । सो अनुुगमनमा भीसीटीएस प्रणालीमा विवरण नराख्ने १९ वटा कम्पनीलाई कारबाही गरिएको विभागले शुक्रवार जनाएको छ ।
उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन–२०७६) को दफा १३ (ग) (४क) बमोजिम २४ लाख २५ हजार रूपैयाँ जरिवाना गरे...