काठमाडौँ। बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भन्दै उठाइएको उठेका प्रश्नमा अर्थमन्त्रीले दिएको जवाफप्रति नेकपा एमालेले चित्त बुझाएको छ। संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिएका हुन्। डा. महतको जवाफमा एमालेले चित्त बुझाएको छ। बजेटमाथि संसदमा भएको […]
काठमाडौं : नेकपा एमालेले बजेट बनाउँदा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नभएको भनेर स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिएको छ ।बजेटमाथि छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले सफाइप्रति शंकाको सुविधा दिइएको बताए। आफूमाथि लागेको आरोपको सफाइ दिँदा कसम खाने बानी नरहेको भनेर व्यंग्य गर्दै ओलीले अर्थमन्त्रीले बोलेका कुरा साँचो होस् भन्ने बताए। ‘अर्थमन्त्रीज्यूको आरोपमाथि सफाइ दिँदा कसम खाने बानी रहनेछ, राम्रो लाग्यो। उहाँले जसरी सफाइ दिन