प्रतिनिधिसभा सदस्य कलिला खातुनले हजका नाममा भ्रष्टाचार गर्ने समितिलाई गृहमन्त्रालयले नै साथ दिएको आरोप लगाएकी छन् । सोमबार महिला तथा सामाजिक समिति अन्तर्गत मधेसी आयोगको समस्याका विषयमा छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । खातुनले भ्रष्टाचारको विषयमा पटक–पटक गृहमन्त्री बालकृष्ण खाँणसँग कुरा राख्दा उनले बेवास्ता गरेको समेत बताइन् ।गृहमन्त्रीले कुनै सुनुवाइ नगरेको भन्दै उनले आफू धेरै दुःखी भएको पनि बताइन् । उनले भनिन्, ‘गृहमन्त्रीसँग भन्दा–भन्दा लाजै लागिसक्यो । तर उ