काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कोरोना संक्रमण भएको छ। नेता पौडेलले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी आज सामाजिक सञ्जालमा साझा गरेका छन्। उनले कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा बसेको जानकारी दिएका छन्। ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेसनको यात्रा आरम्भ भयो’, नेता पौडेलले उल्लेख गरेका […]