पुस ५, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (सोमवार) रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार बुक क्लोज गर्ने भएसँगै पुस ५ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी पुस १५ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा बिहान ११ बजे एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा गर्ने जानकारी दिएको छ ।