वीरगञ्जका उद्योगलाई स्वअनुगमन प्रतिवेदन पेश गर्न महानगरको निर्देशन

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका क्षेत्रमा सञ्चालित उद्योगहरूलाई वातावरणीय प्रभावसम्बन्धी स्वअनुगमन प्रतिवदेन पेश गर्न भनिएको छ । महानगर क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न उद्योग प्रतिष्ठानले नजिकको बस्तीमा ध्वनि, वायु तथा पानी प्रदूषण र ठोस फोहोरमैला गरेको गुनासो आएको भन्दै यस्तो प्रतिवेदन पेश गर्न महानगरले निर्देशन दिएको हो ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सूचनामा वातावरण संरक्षण नियमावली २०७७ को नियम ४५ (१) र महानगरको वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७८ अनुसार स्वअनुगमन प्रतिवदेन पेश गर्न भनिएको छ । नियम ४५ (१) मा उद्योग ‘प्रस्तावकले प्रस्तावको निर्माण तथा सञ्चालन गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावको विषयमा प्रत्येक ६ महीनामा स्वअनुगमन गरी सोको प्रतिवेदन सम्बन्धित निकाय वा विभागमा पेश गनुपर्ने’ उल्लेख छ ।  वातावरण संरक्षण ऐन २०७६ को दफा ३१ (२)ले आफ्नो क्षेत्रभित्र वातावरण संरक्षण भए/नभएको अनुगमनको अधिकार पालिकालाई दिएको छ । नियम ४५ (३) मा स्थानीय तहले आफूले गरेको अनुगमन तथा निरीक्षणको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रदेश मन्त्रालयमा पठाई सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित सामग्री

मधेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश

जनकपुरधाम : मधेशी आयोगले मधेश प्रदेशका प्रदेश प्रमुखसमक्ष आव २०७९/०८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ।मधेशी आयोगका सदस्य जीवछ साहले आइतबार प्रदेश प्रमुख सचिवालयमा पाँचौं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष प्रदेश प्रमुखको निजी सचिवालय आफ्नो प्रतिवेदन पेश गरेको निमित्त सचिव शत्रुधन यादवले बताए।

राष्ट्रपतिसमक्ष ७ आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले राष्ट्रपतिसमक्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश गर्नेमा मधेसी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोग रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

काठमाडौँ,२३ साउन । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेको हो । बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७÷७८, राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन, २०७७÷७८ र महालेखा परीक्षकको ५९ औँ […]

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेका हुन् ।बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन, २०७७÷७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो ।बैठकले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेका हुन्। बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७÷७८, राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन, २०७७/७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, […]

राष्ट्रपतिसमक्ष महालेखाको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष विद्यादेवी भण्डारी महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबार महालेखापरीक्षक टंकमणि शर्माले प्रतिवेदन पेश गरेका हुन् । शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसपाको बैठकमा दुई प्रतिवेदन पेश

निर्वाचन आयोगबाट आधिकारिकता पाएको जनता समाजवादी पार्टी नेपाल (जसपा)को मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा दुई प्रतिवेदन पेश भएको छ । २ दिनसम्म चल्ने केन्द्रिय कार्य समितिको बैठकमा आज पहिलो दिन नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ–आफनो धारणा राख्नेछन् ।बैठकमा प्रदेश कमिटीको नेताहरुले

सदनमा दुई प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदन समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।राज्यव्यवस्था तथा  सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ः ०० बजे बस्नेछ ।