कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंकले १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अम्बर बहादुर तारमी मगरको नाममा रहेको शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय, नक्साल, काठमाडौंमा दिन सकिने छ ।   

सम्बन्धित सामग्री

९१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९१ हजार ६३८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले लिला बहादुर गुरुङको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रीय कायालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, नक्साल, काठमाडौंमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।

कुमारी बैंक र इन्फिनिटी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । कुमारी बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको शेयर सर्वसाधारणमा जारी गरेका छन् । कुमारी बैंकले ८ हजार ८९२ कित्ता र इन्फिनिटी लघुवित्तले ९९ हजार ३७२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेका हुन् । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखी दुवै कम्पनीले यी शेयर विक्री खुला गरेका थिए । संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएका यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएका हुन् ।  कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक खरीकर्ताहरूले आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । इन्फिनिटी लघुवित्तले भने आगामी १५ दिनभित्र कम्पनीको शेयर खरीदका लागि केन्द्रीय कार्यालय गैंडाकोट, नवरपरासीमा आवेदन पेस गर्न भनेको छ ।

कुमारी बैंक र कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा जारी गरेको छ । कुमारी बैंकको १० लाख १८ हजार ५०४ कित्ता र कालिका लघुवित्तको ४० हजार १३१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको हो । कुमारी बैंकले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक शेयर विक्रीमा ल्याएको हो । कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि प्राप्त बोलपत्र असोज ११ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिने जानकारी बैंकले दिएको छ । कालिका लघुवित्तले भने यसअघि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेस गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य भने उल्लेख गरेको छैन ।

कुमारी बैंक र महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर विक्रीमा ल्याएका छन् । महुली लघुवित्तको १४ हजार कित्ता र कुमारी बैंकको ३ हजार ६७० कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । यी दुवै कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि बैंकको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको नागपोखरीस्थित कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । त्यस्तै महुली लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा वितरण नभएको शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्ने दुवै कम्पनीले जानकारी दिएका छन् ।

८६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापकतर्फको ८६ हजार ३३३ कित्ता संस्थापक शेयर चैत २ गतेदेखि विक्रीमा ल्याएको छ ।कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री प्रक्रिया अघि बढाइने पनि कम्पनीले बताएको छ ।

कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर बुधवारदेखि विक्रीमा

माघ २६, काठमाडौं । कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर बुधवारदेखि विक्रीमा आएको छ ।  कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता र जानकी फाइनान्सले मनोट कुमार साहको नाममा रहेको ५१ हजार ३५ कित्ता शेयर विक्रीमा आएको हो ।  यी दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।  पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा मात्र अन्य व्यक्ति तथा संस्थाहरुमो यो शेयर विक्री गरिने जानकारी कम्पनीहरुले दिएका छन् ।  शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकको ७ हजार १०३ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैंककी संस्थापक शेयरधनी रीता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

आजदेखि कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं, ९ भदौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर आजदेखि (बुधवार) विक्रीमा ल्याएको छ । शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको ४० हजार कित्ता शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्ने गरी बैंकले विक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन दिन आग्रह गरेको […]