पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा भइरहेको राष्ट्रिय महिला क्रिकेटमा बुधवारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नं. १ लाई पराजित गरेको छ।पुलिस क्लबले ११८ रनले प्रदेश नं. १ लाई पराजित गर्दै आफ्नो लगातार दोस्रो जित निकालेको हो। पुलिसले निर्धारित २० ओभरमा ती विकेट गुमाएर १५८ रन बनायो। उसका लागि सम्झना खड्काले ६० र कविता कुँवरले ३७ रनको योगदान गरे।पुलिसका लागि हिरणमयी राईले तीन र सबनम राईले एक विकेट लिएका थिए।प्रदेश नं. १ का लागि निशा शाहले एक विकेट लिइन्। १५९