लुट्ने योजनामा बाफलमा ७५ वर्षीय पुरुषको हत्या

काठमाडौंको बाफलमा जलेको अवस्थामा फेला परेको शवको सनाखत गरेर आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बाफलस्थित केशव पाण्डेको घरमा भेटिएको शव काभ्रेको मेच्छे घर भएका हर्कबहादुर बानियाँको पुष्टि भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । कार्तिक ७ मा जलेको अवस्थामा शव भेटिएको थियो । रहस्यमय मानिएको सो घटना महानगरीय अपराध महाशाखाका डिएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको छ । नैकाप घर भएका र बाफल क्षेत्रमा हिँड्ने ३३ वर्षीय सुशील श

सम्बन्धित सामग्री

झोलामा शव प्रकरण : प्रेमीसँग मिलेर पतिको निर्मम हत्या

सुनसरीको धरान उपमहानगरपालिका–४ मा जेब्रा झोलाभित्र शवका टुक्रा फेला परेका पुरुषको हत्या आफ्नै कान्छी श्रीमतीको योजनामा भएको खुलेको छ । प्रेमीसँग मिलेर उनले हत्या गरेको पाइएको हो ।

जब अनैतिक सम्बन्धमा दरार उत्पन्न भयो…

धनगढी । कैलालीमा विवाहेत्तर सम्बन्धमा आएको दरारका कारण एक महिलाले सुपारी दिएर पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीको गोदावरी नगरपालिका ५ गेटीस्थित छोटु भन्ने शिवचरण रानाको हत्याकी योजनाकार जयन्ती चौधरीलाई बिहीबार सार्वजनिक गरेको छ । शिवचरणको हत्याका लागि जयन्तीले दुई जनालाई सुपारी दिएको खुलेको छ । उनको हत्यामा संलग्न दुई जना फरार छन्, जसको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार ३५ वर्षीय शिवचरण र ३७ वर्षीया जयन्तीबीच अवैध सम्बन्ध थियो । सोही सम्बन्ध बिग्रिएपछि जयन्तीले शिवचरणको हत्या गर्ने योजना बनाएकी थिइन् । फागुन १५ गते बिहान गेटा आँखा अस्पताल नजिक शिवचरणको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो । रानालाई टाउकोमा धारिलो बस्तुले प्रहार गरी हत्यापछि गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा शव पुरिएको प्रहरी अनुसन्धानले देखाएको छ। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम राणाले घटनाको प्रकृती, मृतक तथा अभियुक्तहरुले प्रयोग गरी आएको फोनको डिटेल्स, वारदात पूर्वको सम्बन्ध, रिसिईबी समेतका तथ्यहरुबाट जयन्तीको योजनामा हत्या भएको बताउनुभयो । प्रहरीका अनुसार उनीहरुको बीचमा पहिलेदेखिनै सम्बन्ध रहेको र पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । जयन्तीको गेटा आँखा अस्पताल अगाडि खोका पसल थियो । त्यसैबेलादेखि उनीहरु नजिकिएका थिए । त्यसक्रममा उनीहरुको अनैतिक सम्बन्ध समेत बाहिरिएपछि स्थानीयको बैठक बसी २ लाख रुपैयाँ लेनदेनमा मिलाएको खुलेको छ । त्यसपछि उनीहरुको बीचमा केही समय सम्बन्ध नभएपनि पुनः उनीहरु नजिकिएका थिए । उनीहरुको बिचमा बेलाबेला झगडा समेत हुने गरेको थियो । एकले अर्काप्रती शंका राख्ने र आर्थिक लेनदेन समेत भएको देखिएको एसपी राणाले बताउनुभयो । शिवचरणले आफू भन्दा बाहेकका महिलासँग सम्बन्ध राखेको थाहा पाएपछि जयन्तीले अपमानित भएको र विक्षिप्त भई बदला लिन हत्याको योजना बनाएको जयन्तीले प्रारम्भिक सोधपुछका क्रममा बताएकी छन् । जयन्तीले यसअघि पनि आफैंले हत्या गर्ने योजना बनाएको तर नसकेपछि नाताका दुई व्यक्तिलाई रकम दिएर हत्या गर्न लगाएको खुलेको छ । शिवचरण आफ्नो पसलबाट घर आउने जाने समय, प्रयोग गर्ने बाटो र सवारी साधनको बारेमा जयन्तीले हत्यामा ...

सासुको योजनामा ज्वाईंको हत्या, २५ सयको लोभमा हत्या

आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं. ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।