उदयपुरको त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बिहीबार राति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चौधरीले चलाएको मोटरसाइकलले त्रियुगा नगरपालिका–५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको होन्डा कम्पनीको सिबी युनिकर्न सरकारी नम्बर प्लेटका मोटरसाइकल स १ ब ८९७ नम्बरको मोटरसाइकलले ठक्कर दिए