मोटरसाइकलको ठक्करबाट मृत्यु

राजविराज । तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स ४ प ९५४ नंको मोटरसाइकलको ठक्करबाट घाइते उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा […]

सम्बन्धित सामग्री

मीनभवनमा जेब्राक्रसिङबाट बाटो पार गर्दैगर्दा मोटरसाइकलको ठक्कर, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको मीनभवनअगाडि सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंकै सुविधानगर बस्ने रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेका गौतमलाई वाग्मती प्रदेश ०२ ०३१ प ७५६२ नम्बरको...

बाटो पार गर्दैगर्दा मोटरसाइकलको ठक्कर, एकजनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, बसामाडी लेवटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको र सनाखत हुन भने बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ । आइतबार राति हेटौँडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना२२प ६७७८ नम्बरको मोटरसाइकलले बाटो...