स्वरोजगार हुन चाहनेलाई बिनाधितो ६७ लाख सहुलियत कर्जा

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो । प्रतिउद्यमी रु पाँच लाखका दरले कर्जाको रकम उपलब्ध […]

सम्बन्धित सामग्री

स्वरोजगार बन्न चाहने खेलाडीलाई सहुलियत कर्जा

सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ।  आगामी आर्थिक वर्षको बजेट

'स्काउटमार्फत सातै प्रदेशमा टास्क फोर्स गठन गर्नेछौँ'

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दुर्व्यसनमा लागेका युवाहरूलाई छुटकारा दिन ७ वटै प्रदेशमा स्काउटमार्फत टास्क फोर्स गठन गर्ने बताएका छन्। मंगलबार आव २०७९/८० को मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले १२ हजार युवाहरुलाई स्वरोजगार बनाउन सहुलियत कर्जा उपलब्ध गराउने पनि बताए ।शिक्षामन्त्री पौडेलले आर्थिक वर्षमै खेलाडीहरूको बिमा गरिने र एक विद्यालय एक खेल मैदान प्रस्ताव गरिएको बताए । त्यस्तै,उनले कुनै पनि नर्सिङ कलेज बन्द नगरिएको र नर

सहुलियत कर्जा : प्राथमिकता क्षेत्रमै कमजोर

काठमाडौं (अस) । सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने सहुलियत कर्जा प्रवाह प्राथमिकता दिइएको क्षेत्रमै कमजोर पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले करीब डेढ लाख ऋणीलाई २ खर्ब १५ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी गरेका छन् । तर, सरकारले बजेटमार्फत प्राथमिकता दिँदै आएको शैक्षिक प्रमाणपत्र धितोमा युवालाई दिने ऋण भने नगन्य छ । फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ सय ५३ जना युवाले मात्र शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिएका छन् । उनीहरूलाई ५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७५/७६ को बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने घोषणा गरे । त्यसलाई अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेटमा २५ लाख पुर्‍याउने घोषणा गरे पनि हालसम्म सहुलियत कर्जासम्बन्धी एकीकृत ब्याज अनुदान कार्यविधिमा ऋणको सीमा वृद्धि गरिएको छैन । कार्यविधिमा शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत स्नातक तह उत्तीर्ण तथा ४० वर्ष ननाघेको युवालाई सक्कल प्रणापत्र धितो राखेर कर्जा उपलब्ध गराउने व्यवस्था छ । यसैगरी सरकारले प्राथमिकता दिएको सीटीईभीटीबाट प्राविधिक तालीमप्राप्त युवालाई दिने कर्जा र युवा स्वरोजगार कर्जा प्रवाह पनि नगन्य छ । फागुनसम्ममा प्राविधिक तालीमप्राप्त युवा शीर्षकमा २ जनाले ३ लाख र युवा स्वरोजगार शीर्षकमा २५ जनाले ८० लाख रुपैयाँ कर्जा उपभोग गरेका छन् । ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार बैंकहरूले १० ओटा क्षेत्रमा ऋण प्रवाह गर्छन् । यसमध्ये सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा ८२ हजार १९७ ऋणीले उपभोग गरेका छन् । उनीहरूलाई ७४ अर्ब १७ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी सहुलियत कृषि कर्जा ५९ हजार ५६० जनाले १ खर्ब ३७ अर्ब रुपैयाँ उपभोग गरेका छन् । सहुलियत कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी आकर्षण महिला उद्यमशीलता कर्जामा छ । महिलाका नाममा सञ्चालन भएका व्यवसायलाई यो कर्जा दिइन्छ । सहुलियत कर्जामा बैंकहरूले आधार दरमा २ प्रतिशतमात्र प्रिमियम जोडेर ब्याज तय गर्न पाउँछन् । उक्त ब्याजमा सरकारले महिला उद्यमी कर्जामा ६ र अन्य कर्जामा ५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।

सहुलियत कर्जाबाट उद्यमी बन्दै बेरोजगार युवा

स्थानीय सरकार सञ्चालन भएपछि स्वरोजगार तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन हुन थालेसँगै दुरदराजका युवा पनि आत्मनिर्भर हुन थालेका छन् ।साना लगानीका उद्योग खुल्ने, सके निरब्याजी नभए सहुलियत कर्जा पाएर बेरोजागर युवायुवतीले आफ्नै गाउँठाउँमा रोजगार पाउन थालेका छन् । तर स्थानीय सरकार सञ्चालन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि जुम्लाका कुनै स्थानीय तहले युवा रोजगारका प्रभावकारी कार्यक्रम […]

प्रभावकारी भएन ‘शिक्षित युवा स्वरोजगार कर्जा’ कार्यक्रम

काठमाडौं : सरकारले शिक्षित भएर पनि बेरोजगार युवाहरूलाई लक्षित गरी ल्याएको ‘शिक्षित युवा स्वरोजगार कर्जा’ कार्यक्रमबाट नगन्य संख्याले मात्र कर्जा पाएका छन्। यस कार्यक्रममा  शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट सहुलियत कर्जा लिन सकिने व्यवस्था छ।सरकारले २०७५ सालमा नीतिगत रुपमै कार्यक्रम ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रमाणपत्र धितो राखेपछि सात लाख रूपैयाँ कर्जा पाइने व्यवस्था थियो। तर‚ कार्यक्रम लागु भएको तीन वर्षमा १४८ जनाले मात्रै शिक्षित युवा स्वरोजगार कर्जा पाएको नेप

मेगा बैंकको विभिन्न संस्थासँग सहुलियत कर्जा सम्झौता

काठमाडौं (अस) । मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान प्रवाह सम्झौता भएको छ । धादिङमा आयोजित कार्यक्रममा मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठ, मेगा बैंकका लघु तथा कृषि कर्जा प्रमुख पुण्यप्रसाद खनिया, त्रिपुरासुन्दरी पालिका अध्यक्ष शम्भुकुमार थापा र धादिङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुमन घरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वाणिज्य संघसँग आबद्ध उद्योग व्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकले सहुलियत कर्जा प्रदान गर्नेछ । यसमा मेगा क्यापिटलले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीको कम्पनी दर्ताका निम्ति आवश्यक कागजात तयार गरिदिने र आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रशिक्षणलगायत बैंकमा कर्जाका लागि आवश्यक कागजात तयार गरिदिनेछ । मेगा क्यापिटलले आवश्यकताअनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृति प्रक्रियामा सहयोग गर्नेछ ।

विपन्नलाई समूह जमानतमा सहुलियत कर्जा दिँदै कर्णाली सरकार

वीरेन्द्रनगर (अस) । कर्णाली प्रदेश सरकारले निम्न तथा मध्यम वर्गका नागरिकका लागि चालू आर्थिक वर्षमा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । प्रत्येक घर स्वरोजगार बनाउने उद्देश्यले सबै नागरिकलाई समेट्ने गरी सरकारले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । बैंकले कर्जा प्रवाह गर्ने र सरकारले ब्याज तिरिदिने गरी सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याउने तयारी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यान्वयन हुने गरी यो कार्यक्रम सञ्चालन गरिँदै छ । कार्यक्रम कार्यान्वयनका लागि कर्णाली सरकारले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । धेरैभन्दा धेरै लक्षित वर्गलाई समेट्ने लक्ष्यसहित सो कार्यक्रमका लागि ठूलो रकम विनियोजन गरिएको जनाइएको छ । आर्थिक मामला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशमा रहेको गरिबी अन्त्य गर्न र प्रत्येक नागरिकको आयस्तर वृद्धि गर्ने लक्ष्यका साथ सहुलियत कर्जा कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । ‘प्रत्येक घर स्वरोजगार बनाउने भनेर चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिसकिएको छ,’ उनले भने, ‘सोही नीति र कार्यक्रमअनुसार सहुलियत कर्जा सुरु गर्ने तयारीमा छौं ।’ नागरिकले सहज रूपमा ऋण पाउने व्यवस्थासहित कार्यक्रम कार्यान्वयनको तयारी गरिएको उनले बताए । कार्यक्रममा पाँच जनाको समूह बनाइनेछ । समूहमा रहेकाले समूह जमानतमार्फत २ लाख रुपैयाँसम्मको कर्जा पाउनेछन् । एक जना व्यक्तिले अधिकतम २ लाख रकम ऋण पाउने बताइएको छ । अहिले यसबारे कार्यविधि निर्माणको काम भइरहेको प्रदेश सरकारले जनाएको छ । ऋण लिएपछि कृषि र लघु उद्यमका क्षेत्रमा लगानी गर्नुपर्नेछ । बैंकहरूले निम्न तथा मध्यम वर्गका नागरिकका लागि मात्र कर्जा प्रवाह गर्नेछन् । निम्न वर्गका खासगरी किसान परिवारलाई बढी केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री शर्माले बताए । ‘हरेक घर कुनै पनि व्यवसायमा जोडिने गरी कार्यक्रम सञ्चालन गर्छौं । यसले गरिबी हटाउन सहयोग पुग्नेछ,’ उनले भने । मन्त्री शर्माका अनुसार यो कार्यक्रममा स्थानीय तहलाई पनि सहभागी गराइनेछ ।

मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई दिनेछ सहुलियत कर्जा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना विद्युतीय यातायात व्यवसायीहरुलाई सहुलियत कर्जा दिने भएको छ । सोको लागि बैंकले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।यस सम्झौता अनुसार नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय

बैतडीमा बैंकबाट सहुलियत कर्जा लिनेको संख्यामा कमी

साउन ११, बैतडी । बैतडीमा बैंकहरुबाट सहुलियत कर्जा लिनेको संख्यामा कमी आएको छ । जिल्लामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक शाखा बैतडीबाट सहुलियत कर्जा लिनेको संख्या घटेको छ । गत आर्थिक वर्षमा सहुलियत कर्जा लिनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा राष्ट्रिय वाणिज्य बैंक शाखा बैतडीबाट ८ जनाले र कृषि विकास बैंक शाखा बैतडीबाट १५ जनाले सहुलियत कर्जा लिएका थिए भने गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकबाट चार र कृषि विकास बैंकबाट १२ जनाले मात्र सहुलियत कर्जा लिएको बैंकहरुको तथ्यांकमा रहेको छ । प्रत्येक स्थानीय तहमा बैंकीङ सुविधा भएकाले पनि गत आर्थिक वर्षमा सहुलियत कर्जा लिनेको संख्या घटेको राष्ट्रिय वाणिज्य बैंक शाखा बैतडीका प्रबन्धक पूर्ण लेखकले बताए । उनले भने ‘धेरैलाई त यसबारे जानकारी नुहनाले पनि यो सुविधा लिने कमै आउछन्’ । लकडाउनले बैंक बन्द रहेकाले पनि गत आर्थिक वर्षमा सहुलियत कर्जा लिनेको संख्यामा कमी आएको कृषि विकास बैंक बैतडी शाखाका प्रवन्धक मोहित खडकाले बताएका छन् । उनले भने ‘हाम्रो बैंकबाट सहुलियत कर्जा सबैभन्दा बढी व्यवसायिक पशुपन्छी र महिला उद्यमशिलताको लागि लिने गर्दछन्’ । अहिलेसम्म नेपाल सरकारले भुकम्प पीडितहरुको निजी अवास कर्जा, विदेशबाट फर्केका युवक कर्जा, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, दलित समुदाय व्यवसायिक कर्जा, महिला उद्यमशिलता कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र उच्च र प्राविधिक शिक्षा तथा व्यवसायिक कर्जा गरी सात प्रकारका कर्जामा सहुलियत व्याज अनुदान दिदैं आइरहेको छ । नेपाल सरकारले दिएको सहुलियत कर्जा सम्बन्धी सुविधा सबैलाई जानकारी नहुँदा पनि सहुलियत कर्जा लिनेको संख्या घटेको देखिन्छ । थाहा भएकाहरु पनि प्रक्रिया लामो र झन्झटीलो भएकाले कर्जा नलिएको बताउछँन् । बैतडीमा रहेका अरु बैंकबाट पनि त्यति धेरै सहुलियत कर्जा लिएको भेटिदैन । आफ्नो शाखालाई दिएको सहुलियत कर्जाको कोटा पनि नपुग्ने बैंकहरुले बताएका छन् ।  अहिले बैंकले सहुलियत कर्जामा ग्राहकबाट दुई दशमलव पाँच प्रतिशत मात्र व्याज लिने गरेको छ । कर्जा लिनेको प्रकृति हेरी दुई लाख देखि अधिकतम १५ लाखसम्म कर्जा दिने गरेको राष्ट्रिय वाणिज्य बैंक शाखा बैतडीले जनकारी दिएको छ ।

सात शीर्षकमा सरकार सहुलियत कर्जा दिदैं, कतिसम्म पाइने भयो रकम ?

काठमाडौं । सरकारले स्वरोजगार बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ विभिन्न सात शीर्षकमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ ।      अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज ...