भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकैदिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित छन् । देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितको संख्या बढेको छ । दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ सं