भारतमा एकैदिन तीन लाख ३३ हजार बढी कोरोना संक्रमित थप

भारतमा एकैदिन तीन लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा आइतबार (पछिल्लो २४ घण्टा) तीन लाख ३३ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। शनिबारको तुलनामा चार हजार १७१ कममा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५२५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य […]

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए तीन लाख ३३ हजारभन्दा बढी कोरोना संक्रमित

माघ ९, नयाँ दिल्ली (भारत) । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप तीन लाख ३३ हजार ५३३ जना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कुल संक्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जानकारी दिइएको छ । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतवार जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय संक्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई लाख ५९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाटmसंक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३ दशमलव १८ प्रतिशत रहेको जानकारी दिइएको छ । पछिल्लो एक दिनमा ५२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या चार लाख ८९ हजार ४०९ रहेको छ । कोरोना शुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।  यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख  ८४ हजारभन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । रासस/एएनआई

भारतमा एकैदिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित, १४६ जनाको मृत्यु

पुस २६, नयाँदिल्ली (भारत) । भारतमा एकैदिन करीब एक लाख ८० हजार  जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । सोमवार थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३ दशमलव २९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जानकारी दिएका छन् । भारतमा कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । भारतमा हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् । केन्द्रीय मन्त्रालयका अनुसार महाराष्ट्रमा सोमवारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगेको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५१३ र कर्नाटकमा ४४१ जना यो भेरियन्टबाट संक्रमित भएका छन् । एजेन्सी

भारतमा एकैदिन थपिए १३ हजार ५८ जना कोरोना संक्रमित

कात्तिक २, नयाँदिल्ली(भारत) । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले  बताएको छ ।  यो संख्या २३१ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले बताएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले बताएका छन् । यो संख्या २२७ दिन यताको सबभन्दा कम भएको पनि बताइएको छ । हाल सक्रिय संक्रमित संख्या कुल संक्रमितको शून्य दशमलव ५४ प्रतिशत मात्र रहेको छ ।                  कोरोनाभाइरसको महामारी शुरु भएयता हाल संक्रमणमुक्त दर ९८ दशमलव १४ प्रतिशत भएको मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ ।            भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय बताएको छ । रासस / एएनआई

भारतमा एकैदिन थपिए १८ हजार जना कोरोना संक्रमित

असोज १३, नयाँ दिल्ली (भारत) । भारतमा थप १८ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । सरकारी अधिकारीहरुले बुधवार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या ४ लाख ४७ हजार ७५१ पुगेको छ ।            भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २ लाख ८२ हजार ५२० रहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९४ दिनपछिकै सवैभन्दा कम हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या ३ करोड २९ लाख ८६ हजार १८० पुगेको छ । ती मध्ये २८ हजार १७८ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।            पछिल्लो समय दैनिक नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा देशभरी १५ लाख ४ हजार ७१३ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले बताएको छ । रासस/ एएनआई

भारतमा एकैदिन थपिए १ लाख ८५ हजार कोरोना संक्रमित

कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै भारत धेरै संक्रमित भएका देशमध्ये संसारमै दोस्रो नम्बरमा आएको छ। भारतले यसअघि दोस्रो नम्बरमा रहेको ब्राजिललाई पछि पारेको हो।