आज मिति २०७९ साल भदौ महिनाको ३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. संसदको कार्यकालबारे सर्वोच्चमा रिटसरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।यस